Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

माओवादी धारको संयुक्त अन्तरक्रिया चैत ८ गते हुने

काठमाडौँ । माओवादी धारको संयुक्त अन्तरक्रिया काठमाडौंको प्रज्ञा भवनमा चैत ८ गते हुने भएको छ । फागुन ३० गते गर्ने भनिएको अन्तरक्रिया कार्यक्रम ८ दिनपछि मात्रै हुने भएको हो । गत आइतबार संयुक्त पत्रकार सम्मेलन गरेका माओवादी घटकले चैत ८ गते मात्रै अन्तरक्रिया गर्ने नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाले बताए । ‘हामीबीच असमझदारी बढेर होइन ।

कार्यक्रम गर्न हलको समस्या भएकाले अन्तरक्रिया सारेका हौं’कर्णजीत बुढाले भने,‘ अन्तरक्रिया कार्यक्रमको मोडालिटी र वक्ताको फाइनल गरेर कार्यक्रम गरिने छ ।’ जनयुद्धकालीन मुद्दाका विषयमा सरोकारवाला निकायलाई बोलाएर छलफल गरिने बुढाले बताए । पहिलो चरणको कार्यक्रम सकिएपछि दोस्रो चरणको कार्यक्रम गर्ने तयारी गरिएको छ ।

अहिले माओवादी धार ६ पुगेका छन् । यसअघि नौ माओवादी धार भएपनि असमझदारी राखेर तीन पार्टी अलग भएका छन् । जसमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत र गोपाल किराँती नेतृत्वको माओवादी कम्युनिस्ट पार्टी छन् ।रातोपाटी बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com