Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

नेपाली क्रिकेट टिमलाई चौतर्फी बधाई र शुभकामना: कसले के भने?

आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई ९ रनले हराउँदै नेपालले एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको छ।

बिहीबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो।

जवाफमा नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खेल रोकियो र डिएल मेडथका आधारमा नेपाल ९ रनले विजयी घोषणा भयो।

नेपालले एकदिवसीय विश्वकप छनोट भएसँगै नेपाली क्रिकेट टिमलाई सम्पूर्ण नेपालीहरुले बधाई साथै शुभकामना दिइरहेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले आइसीसी क्रिकेट विश्वकप लिग– २ अन्तरगतको नेपाल र युएईबीच भएको प्रतिस्पर्धामा नेपाली राष्ट्रिय क्रिकेट टोली विजयी भएकोमा बधाई दिएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले आइसिसी क्रिकेट विश्वकप लिग-२ मा युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा खुसी व्यक्त गरेका छन्।

उनले लेखेका छन्,’आइसिसी क्रिकेट विश्वकप लिग-२ मा युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा हार्दिक खुसी व्यक्त गर्दछु। लीगका खेलहरुमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभिमान र गौरव उँचो राख्न सफल भएकोमा उच्च प्रशंसासहित नेपाली क्रिकेट टीम, प्रशिक्षक, क्यानलगायत हामी सबैलाई बधाई!,

पूर्व राष्ट्रपति विद्या देवि भण्डारीले आइसिसी क्रिकेट विश्वकप लिग-२ मा विजयी हुँदै नेपाली क्रिकेट टीम विश्वकप छनौटमा पुग्न सफल भएकोमा खुसी व्यक्त गरेकी छिन्।

भण्डारीले लेखेकी छिन्,’आइसिसी क्रिकेट विश्वकप लिग-२ मा विजयी हुँदै नेपाली क्रिकेट टीम विश्वकप छनौटमा पुग्न सफल भएकोमा खुसी व्यक्त गर्दछु। नेपालको गौरव बढाउन सफल नेपाली क्रिकेट खेलाडी, प्रशिक्षक तथा समर्थकलाई हार्दिक बधाई! बधाई नेपाल!,’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालले विश्वकप छनोटमा स्थान पक्का गरेकोमा नेपाल गौरवान्वित भएको बताएका छन्।

‘युएई विरुद्धको खेलमा ऐतिहासिक जित निकालेर  विश्वकप छनोटमा स्थान पक्का गरेकोमा नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई! हामी गौरवान्वित छौं, नेपाल गौरवान्वित छ,’ उनले लेखेका छन्।

त्यस्तै नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले यूएईलाई हराउँदै नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेकोमा बधाई दिएका छन्।

‘बधाई टिम नेपाल! आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई हराउँदै नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेकोमा हार्दिक बधाई,’ उनले लेखेका छन्।

नेपाली कांग्रेसकै महामन्त्री विश्व प्रकाश शर्माले नेपाली क्रिकेट टिमलाई बधाई दिंदै राज्य, दलहरु र सबैलाई दायित्व बोध गराएको बताएका छन्।

शर्माले लेखेका छन्,’बधाई टिम नेपाल! यो जीतले खुशी मात्रै होइन राज्य, दलहरु र ञहामीझ सबैलाई बिशेष दायित्व बोध गर्न, नयाँ ढंगले सोच्न सजग गराएको छ!,’

नेपाल समाजबादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले विश्वकप क्रिकेटमा छनोट हुन सफल भएकोमा नेपाली टिमलाई बधाई दिंदै सबैले आआफ्नो क्षेत्रबाट देशको शीर ठाडो पार्ने काम गर्न आग्रह गरेका छन्।  

उनले लेखेका छन्, ‘यूएई माथि जीत हासिल गरेर एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुन सफल भएकोमा नेपाली टिमलाई मुरीमुरी बधाइ! सबैले यसरी नै आआफ्नो क्षेत्रबाट देशको शीर ठाडो पार्ने काम गरौं! समृद्ध र सम्मानित नेपाल अवश्य बन्छ!,’

त्यस्तै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गज्जब म्याच भएको बताउँदै नेपाली टिमलाई विश्वकप छनोटमा प्रवेश गरेकोमा बधाई दिएका छन्।

थापाले लेखेका छन्, ‘गज्जब म्याच! विश्वकप लिग २ प्रतियोगितामा शान्दार नतिजा निकाल्दै विश्वकप छनोटमा प्रवेश गरेकोमा टिम नेपाललाई हार्दिक बधाई नागरिक दैनिक बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com