Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

भूकम्पबाट प्रभावितमा मनोसामाजिक समस्या देखिन सक्छ : मनाेविद्

सुर्खेत – मनाेविद्हरुले जाजरकोट भूकम्पबाट प्रभावित भएकाहरुमा मनोसामाजिक समस्या देखिन सक्ने भन्दै त्यसतर्फ ध्यान दिन सुझाव दिएका छन् । विशेष गरी भूकम्पको त्रासमा रहेका महिला तथा बालबालिकामा  मनोसामाजिक समस्या देखिन सक्ने भएकाले त्यसतर्फ ध्यान दिन मनोविद्ले सुझाव दिएका हुन् ।

भूकम्प प्रभावित क्षेत्रमा नागरिक मानसिकरुपमा विक्षिप्त रहेको उल्लेख गर्दै कर्णाली प्रदेश अस्पतालमा कार्यरत मनोविद् पूर्ण रावतले सरकारले त्यहाँ मनोमरामर्शका कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो । भूकम्पका कारण धेरैले आफन्त गुमाएका छन् ।

उहाँले भन्नुभयो, ‘अहिले पनि परकम्प जाने क्रम जारी छ, नागरिक त्रासमा छन् । यस्तो अवस्थामा व्यक्तिमा मनोसामाजिक समस्या देखिनसक्छ । त्यसैले तीनै तहका सरकारले राहत र पुनस्थापनासँगै मानसिक स्वास्थ्यमा पनि ध्यान दिएर काम गर्नुपर्छ ।’

मनोविद् रावतले भूकम्पपछि सबै निकाय राहत वितरणमा मात्रै केन्द्रित भएको उल्लेख गर्दै मानसिकरुपमा पनि पीडित समस्यामा परेकाले सरकारको ध्यान त्यसतर्फ  केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । 

यसैबीच कर्णाली प्रदेश सरकारले भूकम्पपछि मनोसामाजिक समस्या निम्तिन सक्नेतर्फ ध्यान दिएर मनोविमर्शकर्ता खटाएको जनाएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले प्रभावित क्षेत्रमा चिकित्सक र मनोविमर्शकर्ता परिचालन गरेको छ । 

मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख वृशबहादुर शाहीले मनोसामाजिक समस्याको व्यवस्थापनका लागि विभिन्न साझेदार संस्थासँग मिलेर मनोविमर्शकर्ता खटाइएको जानकारी दिनुभयो । विभिन्न महामारी फैलिन सक्नेतर्फ सचेत भएको उल्लेख गर्दै उहाँले बालबालिकामा पोषणको समस्या आउन नदिने गरी काम शुरु गरिएको  बताउनुभयो ।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com