Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

बाग्लुङका दुर्गम गाउँ अझै अन्धकारमा : विद्युत् विस्तारको काममा ढिलाइ

  

बाग्लुङ – बाग्लुङका दुर्गम गाउँ अझै पनि अन्धकारमा छन् । विद्युत् विस्तारको काममा ढिलाइ भइरहेको छ । जिल्ला सदरमुकाम बाग्लुङ बजारसँग जोडिएका पालिकाहरुमा केही वर्ष अगाडि नै केन्द्रीय लाइन पुगे पनि पश्चिम बाग्लुङका धेरै पालिकामा पुग्न सकेको छैन । नेपाल विद्युत् प्राधिकरण बाग्लुङ वितरण केन्द्रले दुर्गम गाउँमा प्रसारण लाइन विस्तारका काम थाले पनि पूर्णता पाउन नसकेको हो ।

ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारदेखि अधिकारीचौरसम्म लाइन विस्तार गरी गएको माघदेखि विद्युत् सेवा शुरु गरे पनि बोबाङ हुँदै ढोरपाटनसम्म प्रसारण लाइन विस्तार हुन सकेको छैन । अहिले बोबाङ, फल्लेखर हुँदै ढोरपाटन देउरालीसम्म पोल गाड्ने र तार टाग्ने काम भैरहेको छ । तमानखोलामा पनि गएको वर्षदेखि नै पोल गाड्न थालिएको थियो । तर अहिलेसम्म बिजुली बलेको छैन ।

तार विस्तार गर्ने काम भैरहेको छ । निसीखोला क्षेत्रमा पनि बुर्तिबाङ बजारदेखि पोल गाड्ने र तार तान्ने काम भैरहेको छ । केन्द्रीय लाइन नपुगेका ठाउँलाई प्राथमिकतामा राखेर काम गरिरहेको प्राधिकरणको बाग्लुङ शाखाका प्रमुख पवन पौडेलले बताउनुभयो । निसीखोला, तमानखोला र ढोरपाटनमा केन्द्रीय लाइन बाल्ने गरि काम भैरहेको उहाँको भनाइ छ ।

पश्चिम बाग्लुङका लागि गलकोटमा सबस्टेशन निर्माण भएको छ । बुर्तिबाङमा पनि १३२ केभीको सबस्टेशन निर्माण गरिँदैछ । नेपालको एक मात्रै सिकार आरक्ष ढोरपाटन उपत्यकासहित निसीखोलाको देवीस्थान र तमानखोलाको बोङ्गादोभानमा चाँडै केन्द्रीय लाइन पुग्ने प्रमुख पौडेलले बताउनुभयो ।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com