Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

मोटरसाइकल र बस ठोक्किँदा दुई जनाको मृत्यु

जेठ,२१ काठमाण्डौ । पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ तामनगरमा हिजो बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ
बुटवलबाट कपिलवस्तु जाँदै गरेको लु १ ख ९०६३ नम्बरको बस र बुटवल आउँदै गरेको लु ३९ प ९१५७ नम्बरको मोटरसाइकल तामनगरको कोरियन टेक्निकल कलेज नजिक ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा गुल्मी मालिका गाउँपालिका–४ अर्खवाङका १७ वर्षीय सुजन अर्याल र मालिका गाउँपालिका–८ सिमलटारीका २६ वर्षीय प्रकाश पन्थीको ज्यान गएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक अमृत भण्डारीले जानकारी दिनुभयो । दुर्घटनामा परि घाइते दुवै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा ज्यान गएको हो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com