Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

सपथ ग्रहणको विषयमा निम्तियो विवाद

जेठ, ९ काठमाडौं । धनगढी उपमहानगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिलाई पद तथा गोपनीयताको सपथ गराउने विषयमा विवाद भएको छ । स्वतन्त्र उम्मेदवार गोपाल हमालले पदभार ग्रहण गरेपनि उपप्रमुख तथा अन्य जनप्रतिनिधिहरूलाई पद तथा गोपनीयताको सपथ गराउने क्रममा विवाद भएको हो ।

नवनिर्वाचित नगर प्रमुख हमालले धार्मिक शास्त्रअनुसार कार्यभार सम्हालेपछि वडा अध्यक्ष सन्तोष मुडभरी लगायत केही जनप्रतिनिधिले पनि धार्मिक शास्त्रअनुसार पद तथा गोपनीयताको सपथ लिने अडान राखेका थिए । सोही कारण सपथ ग्रहणको कार्यक्रम समेत पछि सारिएको जनाइएको छ ।

उपप्रमुखसहित निर्वाचित जनप्रतिनिधिहरूलाई ११ बजे पद तथा गोपनीयताको सपथ गराउने कार्यतालिका रहेको थियो । नवनिर्वाचित जनप्रतिनिधि ११ बजे अघि नै उपमहानगरपालिकाको कार्यालयको सभा हलमा बसेका थिए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com