Yeti Khabar

२०८१ कार्तिक ८, बिहीबार - Thu Oct, 2024 -

अस्ट्रेलियामा कार्यरत नेपाली नर्सले वृद्ध बिरामीहरुलाई थप्पड हानेको स्वीकार

सिड्नी । अस्ट्रेलियाको सिड्नीस्थित वृद्ध हेरचाह केन्द्रमा कार्यरत नर्सिङ सहायकले वृद्ध बिरामीहरूलाई थप्पड हान्नुका साथै घकेलेर दुर्व्यवहार गरेको खुलेको छ ।

वृद्ध हेरचाह गृहमा कार्यरत अस्मिता पाण्डे सो गलत कार्यमा संलग्न रहेको नाइनन्युज डटकमले जनाएको छ । उनले आफ्नो गल्ती स्वीकार गरेको समाचारमा जनाइएको छ ।

इपिङस्थित एस्टिया हेल्थमा कार्यरत उनी नेपालबाट वर्किङ भिसामा अस्ट्रेलिया पुगेकी थिइन् ।
उनलाई गत वर्ष उनका सहकर्मीहरूले गलत कार्यमा संलग्न रहेको भनि रिपोर्ट गरेपछि त्यतिबेला पक्राउ परेकी थिइन् । उनले दुर्व्यवहार गरेकीमध्ये एक ९५ वर्षीया वृद्ध समेत रहेको समाचारमा जनाइएको । ती वृद्ध डिमेन्सिया रोगबाट ग्रस्त थिइन् ।

अदालतमा सोमबार पाण्डेले आफ्नो गल्ती स्वीकार गरेसँगै एस्टिया हेल्थका प्रमुख कार्यकारी अधिकृत सीन बिल्टनले विज्ञप्तिमार्फत माफी मागेका छन् ।अहिले गर्भवती भएकी पाण्डेलाई स्वास्थ्य सेवामा काम गर्न प्रतिबन्ध लगाइएको छ भने उनीविरुद्ध आगामी मार्चमा सजाय सुनाइनेछ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com