Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

जहाजमा चुरोट तानेको आरोपमा एक जना विमानस्थलबाट पक्राउ

जेठ, २५ काठमाडौं । जहाजमा चुरोट तानेको आरोपमा प्रहरीले एक जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ। हिजो राति ७ बजे दक्षिण कोरियाबाट काठमाडौं आएको जहाजमा चुरोट तानेको आरोपमा एक जनालाई पक्राउ गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका डिआइजी अर्जुन चन्द ठकुरीले बताए ।

कोरियन एयरलाइन्स ०६९५ नम्बरको फ्लाइटमा आएका झापाका २८ वर्षीय सुवास पुरीलाई प्रहरीले पक्राउ गरेको हो।
जहाजमा चुरोट तानेको सूचना प्रहरीले पाएको थियो। एयरलाइन्सले प्रहरीलाई पत्रसहित कारबाही गर्न अनुरोध गरेपछि उनलाई पक्राउ गरेको डिआइजी ठकुरीले बताए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com