Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

फ्रान्समा लगातार पाँचौँ रात पनि हिंसात्मक प्रदर्शन, पक्राउ पर्नेको संख्या २५ सय पुग्यो

  

काठमाण्डौ – फ्रान्समा लगातार पाँचौ रात पनि हिंसात्मक प्रदर्शन भएको छ ।

गएको मंगलवार ट्राफिक प्रहरी कारबाहीमा एक युवाको ज्यान गएपछि फैलिएको हिंसात्मक प्रदर्शन पाँचौँ रात पनि जारी रहेको बीबीसीले जनाएको छ ।

पेरिसबाट सुरु भएको आन्दोलन अहिले देशैभर फैलिएको छ । प्रदर्शनकारीले घातक हतियारसमेत प्रयोग गर्न थालेका छन् ।

ठाउँ ठाउँमा पसल, बैंक, गाडी, घर लगायतका संरचनामा लुटपाट भएका छन् । ४५ सय भन्दा धेरै सरकारी र निजी भवन तथा गाडीमा आगजनी भएको छ ।

सरकारले हिंसा नियन्त्रणको लागि ४५ हजार जना प्रहरी परिचालन गरेपनि अवस्था नियन्त्रण बाहिर रहेको खबरमा उल्लेख छ ।

प्रहरीले अहिलेसम्म २५ सय जना भन्दा धेरैलाई पक्राउ गरेको छ । पक्राउ परेकाहरु धेरैजसो किशोर अवस्थाका छन् ।

कतिपय ठाउँमा कर्फ्यु लगाएको भए पनि त्यसको उल्लङघन भइरहेको छ ।

फ्रान्सको राजधानी पेरिसमा गएको मंगलवार एक १७ वर्षका किशोर नाहिल एमको हत्यापछि हिंसात्मक प्रदर्शन भइरहेको छ ।

नाहेल एमलाई मंगलवार बिहान पेरिसमा एक प्रहरीले ट्राफिक नियम उल्लंघन गरेको आरोपमा गोली हानेका थिए ।

यसैबीच, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोको आजदेखि हुने भनिएको जर्मनी भ्रमण स्थगित भएको छ ।

फ्रान्सबाट २३ वर्षपछि जर्मनीमा राष्ट्रपतिको राजकीय भ्रमण हुने तालिका रहेकोमा देशभर हिंसा मच्चिन थालेपछि भ्रमण स्थगित भएको हो ।

लामो समयपछि हुन लागेको भ्रमण स्थगित गर्नुपरेकोमा दुवै देशका राष्ट्रपतिले दुःख व्यक्त गरेका छन्। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com