Yeti Khabar

२०८१ बैशाख २०, बिहीबार - Thu May, 2024 -

फ्रान्समा मङ्कीपक्सविरुद्धको खोप अभियान चलाइने

विश्वका धेरै देशमा फैलिएको मङ्कीपक्सविरुद्ध फ्रान्समा खोप अभियान चलाइने भएको छ।
फ्रान्सको राष्ट्रिय स्वास्थ्य प्राधिकरणले मङ्गलबार मङ्कीपक्सविरुद्ध अति छिटो सतर्कता अपनाउँदै प्रतिरोधात्मक तथा उपचारात्मक उपायलाई प्राथमिकता दिने रणनीति अनुसार खोप अभियान चलाउने निर्णय गरेको हो।

फ्रान्समा यो घोषणा हुँदासम्म तीन जनामा मात्रै मङ्कीपक्सको सङ्क्रमण देखिएको र अव फैलिन सक्ने उच्च खतरा रहेको निश्कर्षसहित अभियान सुरु गरिएको अधिकारीहरूले जनाएका छन्। प्राधिकरणले जारी गरेको प्रेस वक्तव्यमा वयस्क र स्वास्थ्यकर्मीहरु यसको जोखिममा रहेकाले खोप पनि उनीहरुलाई केन्द्रित गर्ने उल्लेख गरिएको छ।

सङ्क्रमित भएको व्यक्तिसँग ४ दिनदेखि १४ दिनसम्मको अवधिमा भौतिक सम्पर्क हुनु जोखिमपूर्ण भएकाले त्यही बेलामा खोप लगाउने व्यवस्था गर्न लागेको जनाइएको छ।

प्राधिकरणका अधिकारीहरूले खोपको आवश्यकता परेको व्यक्तिलाई दुई वा तीन डोजको आवश्यकता पर्ने पनि जानकारी दिएका छन्।
विश्वका धेरै देशमा यसको सङ्क्रमितहरू फैलिदै गएपछि नयाँ त्रास सृजना भएको छ। कतिपय देशहरुले यस बारेमा सतर्कता अपनाउन थालिसकेका छन्। नागरिक दैनिक बाट प्रकाशित

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com