Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

कन्सर्ट गर्दागर्दै बिरामी परेका भारतीय गायक केकेको निधन

भारतीय गायक केके (कृष्ण कुमार कुन्नथ) को निधन भएको छ। मंगलबर साँझ कलकत्तामा सांगीतिक प्रस्तुती दिइसकेपछि अस्वस्थ भएका उनको उपचारको क्रममा निधन भएको हो।

कोलकताको एक कन्सर्टमा गीत गाउँदागाउँदै उनको स्वास्थ्य बिग्रिएको थियो।
नजरुल मन्चमा गुरुदास कलेजको एक कार्यक्रममा उनले प्रस्तुति दिइरहेका थिए।

होटलमा आउनसाथ स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई कलकत्ताकै मेडिकल रिचर्स इन्चिच्युट अस्पताल लगिएको थियो। तर, अस्पाताल पुर्‍याउनासाथ चिकित्सकहरूले मृत घोषणा गरेका थिए।

भारतीय मिडियाहरुमा आएको रिपोर्टअनुसार उनलाई हृदयघात भएको हो । तर, यस विषयमा अहिलेसम्म आधिकारिक जानकारी अस्पतालले दिएको छैन ।
५३ वर्षिय गायक केकेले मंगलबारको आफ्नो कार्यक्रमको केही झलक सामाजिक सञ्जालमा समेत सेयर गरेका थिए। उनले कलकत्ताको नाजरुल मञ्च प्रस्तुती दिएका थिए।

केके दुई दिनको कन्सर्टका लागि कोलकाता पुगेका थिए ।
केकेको पूरा नाम कृष्ण कुमार कुन्नथ हो । उनले हिन्दीमा २ सयभन्दा धेरै गीत गाएका थिए।
उनको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतले शोक व्यक्त गरेका छन् । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com