Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

चितवनमा ट्रकको ठक्करबाट एकको मृत्यु

भरतपुर महानगरपालिका– १ पोखरा बसपार्क नजिकै ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन् ।

घटनामा परी इच्छाकामना गाउँपालिका–३ का २१ वर्षीय सन्दीप गुरुङको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान १ः३० बजेको समयमा पुल्चोकबाट मुग्लिनतर्फ जाँदै गरेको ना ५ ख ८४९७ नंको ट्रकले भित्री सडकबाट पोखरा बसपार्क जाने मुख्य सडक पार गर्न लागेको ना २६ प ४८५१ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो।

ट्रकको ठक्करबाट स्कुटर चालक गैँडाकोट नगरपालिका–४ का २१ वर्षीय मनिष लामा गम्भीर घाइते भएका थिए। उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।
पछाडि सवार गुरुङको उपचारका क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com