Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

पहिराले घर भत्काउँदा अर्घाखाँचीमा ३ बालबालिकाको मृत्यु, १ जना घाइते

असार,१९ काठमाडौं । अर्घाखाँची पाणिनी गाउँपालिका–१ कोप्चेमा आज बिहान पहिराले घर भत्काउँदा ३ जना बालबालिकाको मृत्यु भएको छ। १ जना बालकको उद्धार गरेर उपचारका लागि पाल्पा अस्पताल लगिएको गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले बताए ।

उनका अनुसार बिहान ६ बजे घरमाथिको ढिस्को भत्कँदा गंगा रास्कोटीको घर पुरिएको हो। मृत्यु हुनेमा ११ वर्षकी अन्जना रास्कोटी, १० वर्षका खुमबहादुर रास्कोटी र ९ वर्षका धनबहादुर रास्कोटी रहेका छन्। १४ वर्षका सचिन्द्र रास्कोटी गम्भीर घाइते रहेको न्यौपानेले बताए। मृतक र घाइते बालबालिका भाइभाइका छोरा हुन्।

परिवारका सदस्य उठेर काममा गएका बेला घरभित्रै सुतिरहेका बालबालिका पहिरोमा परेका थिए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com