Yeti Khabar

२०८० जेष्ठ २०, शनिबार - Sat Jun, 2023 -

गुजरात पुल दुर्घटनाः खोज तथा उद्धार स्थगन

भारतको पश्चिमी राज्य गुजरातका अधिकारीहरूले मोर्बीको मच्छुनदीमा हराएकाहरूको खोजी स्थगन गरेका छन्। गत आइतबार राति मच्छुनदीको झोलुङ्गे पुल भाँचिदा एक सय ४१ जनाको मृत्यभएको थियो भने कैयौँ हराएका थिए। उद्धारकर्ताले गएरातिदेखि खोज स्थगन गरेका हुन्।

नदीबाट एक सय ७७ जनालाई उद्धार गरिएको र कोही पनि हराएको सूचना प्राप्त नभएकाले खोजी स्थगन गरिएको उनीहरूले बताएका छन्। स्थानीय प्रशासनले त्यसलाई पुष्टि गरेको छ। पुल भाँचिदा एक सय जना घाइते भएका थिए। बेलायतको शासनकालमा शताब्दी अघि निर्मित उक्त पुल सात महिनाको मर्मतसम्भारपछि अघिल्लो साता सञ्चालन गरिएको थियो।

पुलको भारवहन क्षमताभन्दा बढी मानिस त्यहाँँ एकत्र भएपछि उक्त दुर्घटना भएको हो। पुलको क्षमताभन्दा पाँच सय जना बढी मानिस दुर्घटनाका बेला पुलमा रहेका विवरणहरू सार्वजनिक भएका छन्। स्वदेशी तथा विदेशी पर्यटकका निम्ति मोर्वी पुल आकर्षक गन्तव्य मानिन्छ।

प्रधानमन्त्री नरेन्द्र मोदीलगायत केन्द्र र राज्य सरकारका उच्च अधिकारी मोर्बी पुगेर दुर्घटनाबारे जानकारी लिएका थिए। विश्वभरका नेताहरूले उक्त घटनामा मारिएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै भारत सरकारसमक्ष शोक व्यक्त गरेका थिए। गत मंगलबार दुर्घटनामा मारिएकाको सम्झनामा भारत राजकीय शोकमा थियो।

पुल मर्मतसम्भारको ठेक्का पाएको ओरेभा ग्रुप अजन्ता म्यानुफ्याक्छचरिङ प्राइभेट लिमिटेडका दुई जना प्रबन्धक, ठेकेदारलगायत नौ जना कर्तव्य ज्यान अभियोगमा पक्राउ परेका थिए। यद्यपि उनीहरूमाथि नियतवश ज्यान मार्ने उद्योग गरेको अभियोग भने नलगाइएको बताइएको छ। एजेन्सी

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com