Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

कोलम्बियामा पहिरोले बस पुर्दा कम्तीमा ३३ जनाको मृत्यु

मंसिर,२० कोलम्बियामा पहिरोले बस पुर्दा कम्तीमा ३३ जनाको मृत्यु भएको छ । पहिरोबाट ९ जनाको उद्दार गरिएको छ । उत्तरपश्चिम कोलम्बियामा उक्त घटना भएको हो । अविरल वर्षापछि बाढी आएको थियो । राजधानी बोगाटाबाट २३० किलोमिटर उत्तरपश्चिममा अवस्थित रिसारल्दा प्रान्तको प्युब्लो रिको र सान्ता सेसिलिअबीचको गाउँमा बस पुरिएको थियो ।

गृहमन्त्री अल्फोन्सो प्राडाले हिजो पत्रकारहरूलाई भने, ‘हामीले तीन शिशुसहित ३३ जनालाई मृत फेला पारेका छौं र हामीले नौ जनालाई जीवितै उद्धार गरेका छौं ।
कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले ट्वीटर सन्देशमा घटनाबाट आफू दुखित भएको बताएका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com