Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु

जेठ, १६ काठमाडौं । सिद्धिचरण लोकमार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका–१४ भदौरेस्थित चनौटमा आज बिहान ट्रक दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । आज बिहान २: ३० बजे दुर्घटना हुँदा ट्रकमा सवार चालक सहित चार जनाको ज्यान गएको हो ।

मकवानपुरको हेटौंडाबाट मिक्सु सोलु हाइड्रोपावरको सिमेन्ट लोड गरेर सोलुखुम्बुतर्फ जाँदै गरेको ना.८ ख. ८२९७ नम्बरको लोबेड ट्रक बिहान २ः३० बजे भदौरे चनौट खोला नजिक दुर्घटना जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराले जानकारी दिए ।

दुर्घटनामा ट्रकका चालक बाराको सिमरा–१ का ३५ वर्षीय सुजित घलान तामाङ, सहचालक २५ वर्षीय नितेश खड्का, ट्रकमा सवार सिमरा–१ का १७ वर्षीय अनुज लामा र ३७ वर्षीय राजन तामाङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट कच्ची सडकमा चालक निदाएका कारण ट्रक अनियन्त्रित भइ दुर्घटना भएको हुन सक्ने अनुमान गरिएकोछ । ट्रक सडकबाट करिब एक सय मिटर तल खसेको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com