Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

पुवा न्युगिनीको दुर्गम क्षेत्रमा गोली हानाहान हुँदा ६४ जनाको ज्यान गयो

पपुवा न्युगिनीको दुर्गम हाइल्यान्ड क्षेत्रमा भएको गोली हानाहानमा ६४ जनाको ज्यान गएको छ । एनगा प्रान्तमा दुई आदिवासी समूहबीचको झगडामा गोली हानाहान हुFदा मानिसहरु मारिएका बीबीसीले जनाएको छ । घटनाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको खबरमा उल्लेख छ ।

पपुवा न्युगिनीको हाइल्याण्ड हिंसाग्रस्त क्षेत्र हो ।  तर अहिलेको  आक्रमण र हत्यालाई यो वर्षकै दुःखद् र ठूलो हत्याकाण्डको घटनाका रुपमा हेरिएको छ । गएको वर्ष पनि आदिवासीको हिंसाका कारण एन्गा प्रान्तमा तीन महिना लकडाउन गरिएको थियो ।

द्वन्द्वले उग्र रुप लिएपछि कर्फ्यु र यात्रामा प्रतिबन्ध घोषणा गरिएको थियो। त्यहाँका आदिवासीहरुबीच प्राय: जग्गा र सम्पत्तिको बाँडफाँटलाई लिएर द्वन्द्व हुने गरेको बीबीसीले जनाएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com