Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

गठबन्धनमा सिट बाँडफाँट मिलाउन सकस : सहमति नजिक पुगेको नेताहरुको दाबी

काठमाण्डौ – सत्तारुढ पाँच दलीय गठबन्धनको कार्यदलमा आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि सिट बाँडफाँट मिलाउन सकस देखिएको छ ।

गठबन्धनमा चुनावी तालमेल गरेर जाने निर्णय भए पनि सिट बाँडफाँटको निर्णय भइसकेको छैन । कार्यदलको बैठक आज पनि बस्दैछ । गठबन्धनमा आबद्ध दलहरुले चुनावी तालमेल र सिट सङ्ख्या टुङ्गो लगाउनेबारेको खाका बनाउन कार्यदल गठन गरेका थिए ।

कार्यदलमा रहेका नेताहरुले सहमति नजिक पुगेको दाबी गर्दै आएका छन् । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहनुभएको कार्यदलमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र) बाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन हुनुहुन्छ ।

यसैगरी नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट नेताहरु रामसहाय प्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट नेताहरु हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य हुनुहुन्छ ।

कार्यदलका सदस्य एवम् सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले १ सय ६५ चुनाव क्षेत्रमा कसको के पोजिसन छ, त्यसबारेमा छलफल भइरहेको र आज पुनः छलफल गरी टुङ्गोमा पुग्ने जानकारी दिनुभयो। उज्यालो बाट प्रकाशित

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com