Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

सुडानमा बाढी– १४६ जनाको मृत्यु

सुडानमा हालै आएको बाढी र पहिरोबाट ज्यान जानेको सङ्ख्या एक सय ४६ पुगेको छ । यहाँका अरु केही व्यक्ति हराइरहेका समाचारमा जनाइएको छ । यहाँको नेशनल काउन्सिल फर सिभिल डिफेन्सले सो कुराको जानकारी दिएको हो ।

सो काउन्सिलले यहाँ यही सेप्टेम्बर महिनाको २१ तारिख अर्थात् बुधबारसम्ममा यहाँ बाढी पहिरोबाट ज्यान जाने नागरिकको संख्या एक सय ४६ पुगेको जानकारी बुधबार दिएको छ । हालै यहाँ आएको बाढीले पाँच हजारभन्दा बढी घर बगाएको छ भने अरु सात हजार घरमा क्षति पुगेको छ ।

यहाँको उत्तरी क्षेत्रका दुई सय ५० भन्दा बढी गाउँमा बाढीले क्षति पुर्याएको बताइएको छ । बाढीबाट दशौँ हजार हेक्टर जमिनको खेती नष्ट गरिदिएको छ भने सार्वजनिक यातायात तथा भौतिक संरचनामा क्षति पुर्याएको छ । यो बाढीबाट गएको जुन महिनादेखि यहाँ कम्तीमा पनि एक लाख ३६ हजार व्यक्ति प्रभावित हुन पुगेका छन् । उनीहरुमध्ये आधाभन्दा बढीको त घर ध्वस्त भएकाले विस्थापित भएका छन् । एजेन्सी

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com