Yeti Khabar

२०८१ बैशाख ११, मंगलवार - Tue Apr, 2024 -

पाकिस्तानमा आत्मघाती हमला हुँदा तीन चिनियाँ नागरिकसहित चार जनाको मृत्यु भएको छ।

पाकिस्तानको युनिभर्सिटी अफ कराँचीको परिसरभित्र भ्यानमा भएको शक्तिशाली बिस्फोटमा तीन चिनियाँ नागरिकसहित चार जनाको मृत्यु भएको पाकिस्तानी समाचार पत्र द डनले जनाएको छ।

युनिभर्सिटीको कन्फ्युसियस इन्स्टिच्युटबाहिर भएको बिस्फोटमा परी इन्स्टिच्युटका निर्देशक पनि मारिएका छन्।
पाकिस्तानी अधिकारीहरूले उक्त आत्मघाती हमला एक जना महिलाले गरेको हुन सक्ने बताएका छन्।

आत्मघाती हमलामा चिनियाँ नागरिक मारिएको घटनाप्रति पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले गहिरो दुस्ख व्यक्त गरेका छन्। उनले घटनामा संलग्न अपराधीहरूलाई कानुनी दायरामा ल्याइने पनि बताएका छन्।

पाकिस्तानमा चिनियाँ नागरिकलाई लक्षित गरी आक्रमण भएको यो पहिलो पटक भने होइन। यसअघि गत असारमा खाइबर पख्तुनख्वा प्रान्तको दसु हाइड्रो पावर प्लान्टनजिकै भएको बिस्फोटमा परी ९ जना चिनियाँ इन्जिनियरसहित १२ जनाको मृत्यु भएको थियो। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com