Yeti Khabar

२०८१ बैशाख ६, बिहीबार - Thu Apr, 2024 -

पाँचथरमा आगलागी हुँदा २ जनाको मृत्यु

पुष,२० काठमाडौं । पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ८ घुमाउनेटारमा गए राति आगलागी हुँदा २ जनाको मृत्यु भएको छ।
एक घरमा आगलागी हुँदा अन्य २ जना घाइते छन् भने ३ जनाले भागेर ज्यान जोगाएका छन्।
स्थानीय मेघबहादुर गुरुङको घरमा गए राति १ः३५ बजे आगलागी भएको हो।

मेघबहादुरकी बुहारी २३ वर्षकी आसाङसिं थेवे र २२ वर्षकी छोरी ममता गुरुङको आगोमा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

आगलागीमा परी मेघबहादुर र विजेन्द्र गुरुङ सामान्य घाइते भएका छन्।
आगलागीबाट घर पूर्णरूपमा क्षति भएको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com