Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

शिक्षक हत्या प्रकरण : आरोपित दम्पती कारागार चलान

२८ पुस, बैतडी । बैतडीको पाटन नगरपालिका-६ स्थित श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्यामा संलग्न रहेको जनाउँदै एक दम्पतीलाई कारागार चलान गरिएको छ । कारागार चलान हुनेमा पुचौडी नगरपालिका-३ का प्रजा बोहरा र उनकी श्रीमती बिमला रहेका छन् ।

दुबैलाई जिल्ला अदालतले पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।
सुर्नया गाउँपालिका– २ घर भएका ५५ वर्षीय शिक्षक यही पुस २ गते श्रीकृष्ण माविको छात्रावास पछाडी मृतावस्थामा भेटिएका थिए । त्यसपछि शिक्षकको हत्यामा संलग्न रहेको आरोपमा बोहरा दम्पतीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

नियन्त्रण पश्चात् बोहरा दम्पतीले हत्या गरेको स्वीकारेपछि प्रहरीले पुस ७ गते पत्रकार सम्मेलन गरी सावर्जनिक गरेको छ ।
दुबैजनाविरूद्ध बैतडी जिल्ला अदालत कर्तव्य ज्यान मुद्दामा दुई पटक म्याद थपेर अनुसन्धान कार्य गरेको थियो ।

श्रीकृष्ण माविमा कम्प्युटर डिप्लोमा चौँथो वर्षमा अध्ययन गरिरहेकी बिमला छात्रावासमा बस्दै आएकी थिइन् ।उनका श्रीमान् पनि भेटघाटका लागि पाटन पुगेर छात्राबासमै बसेका थिए ।

छात्राबासमै बस्दै आएका शिक्षक विष्टले पुस १ गते राति पौने १० बजे शौचालय गएकी बिमलालाई अङ्गालो हाली दुव्र्यवहार गरेको प्रजाले देखेको र त्यसपछि आक्रोशित भएका प्रजाले विष्टको छाती, मुखमा हिर्काउँदै छात्रावास बाहिर ल्याई पुर्पुरोमा ठोस् हिर्काउँदै हत्या गरेको प्रजाले प्रहरीसमक्ष बयान दिएका छन् ।
विष्टको मृत्यु भएपश्चात शवलाई प्रजा र बिमलाले केत्तुकेको झारीमा फालेका जनाइएको छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com