Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

घनश्यामले प्रचण्डलाई जवाफ दिँदै भने: माओवादीको बिउ अब उम्रिदैन

असार, १५ काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले रैथाने बिउले आजको आवश्यकता पूरा गर्न नसक्ने बताएका छन्। कम्युनिष्ट नेता सिद्धिलाल सिंहको जनअभिनन्दन कार्यक्रममा एमाले नेता भुसालले रैथाने बिउले आजको आवश्यकता पूरा गर्न नसक्ने बताउँदै अब हाइब्रिड बनाउनुपर्ने बताएका हुन्।

आज मात्र प्रचण्डले एउटा सार्वजनिक मञ्चमा एमालेमा बिउ रोपेका छौं, २/३ वर्षमा फल्छ भनेर भनेका थिए। उनले भने, ‘आजको आवश्यकतालाई उहाँले पनि राम्ररी बुझ्नु भएन। माओवादीको बिउ, एमालेको बिउ, समाजवादीको बिउ, कमरेड फलानाको बिउ‘ अब यी उम्रिदैनन्।’

उनले अघि भने, ‘माओवादीको बिउ, एमालेको बिउ वा समाजवादीको बिउ अब चल्दैन। हामीले अस्ति नेकपा हाइब्रिड बनाएका थियौं। हाम्रो बुद्धि पुगेन र भकारीमै आगो लगायौं। बिउ सुरक्षित छन्, यसलाई फेरि हाइब्रिड बनाउनुपर्छ। जहाँ माओवादी, एमाले, समाजवादी केही रहने छैन, नेकपा रहने छ, कम्युनिस्ट पार्टी रहनेछ।’नागरिक दैनिक

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com