Yeti Khabar

२०८१ बैशाख १९, बुधबार - Wed May, 2024 -

लडाकुलाई रकम दिनेबारे प्रधानमन्त्रीले घटक दलहरूलाई प्रष्ट पार्नुपर्छ : माधव नेपाल

१५ वैशाख, जनकपुरधाम । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले लडाकुलाई रकम दिनेबारे प्रधानमन्त्रीले सत्ता गठबन्धनमा आवद्ध दलहरूलाई प्रष्ट पार्नुपर्ने बताएका छन् ।

शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपालले लडाकुलाई रकम दिनेबारे आफूले प्रधानमन्त्रीलाई सोधेको बताए । ‘लडाकु वा अरु कोही पीडितलाई रकम दिँदै जाने तरिका पनि ठिक होइन’ उनले भने, ‘मैले यो कुरा प्रधानमन्त्रीजीलाई भनेको थिएँ । उहाँले नयाँ रकम हामीले दिएको छैन भन्नुभयो ।’

पैसा बाँड्दै हिंड्ने अभ्यासले मुलुकमा राम्रो परिपाटी नबस्ने उनले बताए । ‘यसरी पैसा बाँड्दै हिंड्ने हो भने एकातिर अहिले राज्यको आर्थिक अवस्था राम्रो छैन । राम्रो भए पनि परिपाटी राम्रो बस्दैन’ उनले भने, ‘के भएको हो भन्ने बारेमा घटक दलहरूबीचमा प्रष्ट पार्नुपर्ने आवश्यकता छ ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लडाकुलाई रकम दिने पुरानै निर्णय भएको बताएको उनले जानकारी दिए । ‘मैले नयाँ निर्णय गरेको होइन, पुरानै निर्णय हो, नयाँ रकम होइन’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै नेपालले भने, ‘पहिले दिन बाँकी रकम दिइएको हो ।’

नेपालले यसबारेमा आफूले धेरै कुरा पत्ता लगाउन नसकेको र थाहा नभएको विषयमा धेरै बोल्न नहुने बताए ।

एक फरक प्रसंगमा नेपालले अर्थतन्त्रको अहिलेको अवस्थाको लागि कुनै पार्टी विशेषलाई दोष नदिने बताए । आर्थिक अवस्था बिग्रनुमा अन्तर्राष्ट्रिय कारण प्रमुख भएको उनको तर्क थियो । अनलाइ खबर बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com