थप ३३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं २१ चैत । पछिल्लो २४ घण्टामा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५०५९ जनामा गरिएको नमूना परीक्षणमा ३३ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा ८९ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने २४ घण्टामा कसैको मृत्यु भएन ।
मन्त्रालयका अनुसार अहिले देशभर ८४२ जना सक्रिय संक्रमित रहेका छन् ।