Yeti Khabar

२०८१ बैशाख ६, बिहीबार - Thu Apr, 2024 -

अफगानिस्तानमा छात्राहरुको उच्च शिक्षाका लागि विद्यालय खोल्न तालिबानसँग अभिभावकको आग्रह

अफगानिस्तानका अभिभावकले छात्राहरुको उच्च शिक्षाका लागि विद्यालय खोल्न तालिबानसँग आग्रह गरेका छन् । अफगानिस्तानमा गएको ५ सय ४४ दिनदेखि छात्राहरु पढ्ने विद्यालय बन्द छ ।

विद्यालय बन्द हुँदा उनीहरुमा नकारात्मक असर पर्न थालेको अभिभावकले बताएका छन् । कतिपयलाई मानसिक समस्यासमेत देखिन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अफगानिस्तानमा मार्च महिनादेखि नयाँ शैक्षिक सत्र सुरु हुन्छ । नयाँ शैक्षिक सत्रमा विद्यालय खोल्न अभिभावकले माग गरेका हुन् ।

कक्षा ६ भन्दा माथिको विद्यालय बन्द भएकाले खुलाउन आग्रह गरिएको हो । तालिबानले सत्ता सम्हाल्न थालेपछि छात्रालाई कक्षा ६ भन्दा माथिको अध्ययनमा प्रतिबन्ध लगाएको छ । गएको वर्षदेखि महिला तथा किशोरीलाई विश्वविद्यालय जान र गैरसरकारी संस्थामा काम गर्न समेत तालिबानले रोक लगाएको छ ।

यस्तै, महिलालाई जिम जान र पुरुषको साथविना घर बाहिर निस्कन समेत रोक लगाएको छ । सन् २०२१ को अगस्टमा तालिबानले सत्ता कब्जा गरेपछि महिला र बालिकामाथि ज्यादती बढेको भन्दै आलोचना भइरहेको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com