Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

बसको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु

कार्तिक,२९ काठमाडौं । झापामा बसको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु भएको छ।
आज साँझ कन्काई नगरपालिका-७ दुर्गापुरस्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट दम्पतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले बताएको छ ।

प्रहरीका अनुसार अर्जुनधारा नगरपालिका-६ बस्ने ५२ वर्षीय नरेन्द्र मैनाली र उनकी श्रीमती ५० वर्षिया सीतादेवी मैनालीको बिएन्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको हो।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ६७९४ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको मे ४ प ५०९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ठक्करबाट दम्पती गम्भीर घाइते भएका थिए। उनीहरूको स्थानीय प्रहरीले उपचारका लागि बिएन्डसी अस्पतालमा लगेको थियो।
उपचारकै क्रममा दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले बताएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com