प्रतिनिधिसभाको बैठक बस्दै

भदौ,७ काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्ने संसद् सचिवालयले बताएको छ । दलहरुबीच सहमति नहुँदा लामो समयदेखि अवरुद्ध हुँदै आएको प्रतिनिधिसभाको बैठक हिजो देखि नियमित बस्न थालेको हो।
हिजोको बैठकमा बोल्ने विभिन्न राजनीतिक विपक्षी पार्टीका नेताले विपक्षी दल र तिनका नेतामाथि विभिन्न आरोप लगाएका छन्।आजको बैठकमा एउटा मात्रै कार्यसूचि राखिएको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगको १५ औं वार्षिक प्रतिवेदन २०७८÷०७९ पेश गर्ने कार्यसूचि रहेको संसद् सचिवालयले बताएको छ ।