Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

५५ लाख बराबरको तेलसहित भारतीय ट्रक बरामद

सशस्त्र प्रहरीले आज सप्तरीबाट अवैध तेलसहित भारतीय नम्बरको ट्रक नियन्त्रणमा लिएको छ । हनुमाननगर–कङ्कालीनी नगरपालिका–१ कोशी ब्यारेजस्थित पूर्व–पश्चिम सडक खण्डबाट एक हजार ५०० टिन रिफाइन्ड पाल्मोनियम तेल बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङले जानकारी दिए ।

पूर्वबाट पश्चिमतर्फ जाँँदै गरेको यूपी ७५ एम ३६९५ नम्बरको ट्रकबाट अवैध तेलका साथै ट्रक चालक भारत उत्तर प्रदेशको कानपुर प्रान्त देहानका ३८ वर्षीय अवध बाबु र सहचालक २३ वर्षीय धिरजकुमारलाई पनि नियन्त्रणमा लिएको सप्रनि तामाङले बताए । तेलको बजारको मूल्य ५४ लाख ९६ हजार रहेको छ ।

नियन्त्रणमा लिइएको ट्रकको मूल्य ५५ लाख र तेलको मूल्य ५४ लाख ९६ हजार राखेर तेलसहित ट्रकलाई आवश्यक अनुसन्धानका लागि राजविराज भन्सार कार्यालय बेल्हीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

गस्ती टोलीको नेतृत्व गर्दै सप्रनि तामाङले ट्रक चालकलाई सोधपुछ तथा चेकजाँच गर्दा उक्त तेल र ट्रकको नेपाली कागजपत्र र विजक नपाएपछि नियन्त्रणमा लिएको बताइएको छ । ट्रक चालकले कुनै बेला भारत हिँडेको त कुनैबेला बाटो बिर्सिएर नेपाल प्रवेश गरेको बताएका छन् । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com