Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

युद्ध शुरु भएयता गाजामा २० हजार मानिस मारिएका हमासको दाबी

हमास र इजरायलबीच युद्ध शुरु भएयता गाजामा २० हजार मानिस मारिएका हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । गएको अक्टोबर ७ तारिखमा युद्ध शुरु भएयता उनीहरु मारिएको उल्लेख छ । हमासले इजरायलमा आक्रमण शुरु गरेपछि इजरायलले पनि जवाफी कारबाही थालेको थियो । त्यसबेला एक हजार २ सय व्यक्तिको ज्यान गएको थियो ।

२ सय ४० जना बन्धक थिए । जसमध्ये केहीलाई मुक्त गरिएको थियो । बाँकी बन्दी छुटाउन कायरोमा, हमास र इजिप्टका वार्ताकारबीच भएको पछिल्लो वार्ता भने निष्कर्षविहीन भएको बीबीसीले जनाएको छ ।

युद्धविराम अघि कुनै नयाँ बन्दी आदानप्रदान सम्झौता हुन नसक्ने हमासले जोड दिएपछि वार्ता निष्कर्षमा पुग्न नसकेको खबरमा उल्लेख छ । कतारमा रहेका हमासका प्रमुख इस्माइल हनियाह गाजापट्टीमा भएको आक्रमण र अन्य विषयमा छलफल गर्न हिजो मात्रै कायरो पुग्नुभएको थियो ।

लडाइँ रोक्न अन्तर्राष्ट्रिय रूपमा तीव्र दबाब छ । तर अन्तर्राष्ट्रिय समुदाय र राष्ट्रसङ्घको सुरक्षा परिषदबाट पनि युद्ध अन्त्यका लागि ठोस पहल हुन नसकेको टिप्पणी भैरहेको छ । संयुक्त राष्ट्रसङ्घको अनुमानअनुसार गाजाका २४ लाख बासिन्दामध्ये १९ लाख विस्थापित भएका छन् र सहायता समूहहरूको सहायता गर्ने सीमित क्षमताबारे चिन्ता बढ्दै गएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com