Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

फरार अभियुक्त हेमराज पक्राउ

चैत्र, ८ काठमाडौं । प्रहरीले सवारी ज्यान मुद्दाका फरार अभियुक्त हेमराज कामीलाई पाँच वर्षपछि पक्राउ गरेको छ । रोल्पा रन्टीगढी गाउँपालिकाका ३८ वर्षीय कामीलाई हिजो पक्राउ गरेको छ ।

३१ जेठ ०७५ मा सल्यान कुमाख गाउँपालिका–६ दारिमपाखास्थित थारमारे–चौरजहारी कच्ची सडकखण्डमा कामीले चलाएको रा.१त ७४८ नम्बरको ट्याक्टरले बाटोमा हिँडिरहेका पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

ट्याक्टरको ठक्करबाट कुमाख गाउँपालिका– ७ का अन्दाजी ६७ वर्षीय बलवीर मिजार घटनास्थलमै र ५० वर्षीया बिर्मा बुढाथोकीको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com