Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

ताप्लेजुङ टपरी गाँस्ने प्रतियोगिता

ताप्लेजुङ । ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता आयोजना गरिएको छ । नेपाली संस्कृति र परम्परा संरक्षण गर्ने उद्देश्यले टपरी गाँस्ने प्रतियोगिताको आयोजना गरिएको हो ।

पछिल्लो समयमा गाउँघरमा टपरीको प्रयोग कम हुँदै गएपछि यसको टपरी गाँस्ने सीप पनि हराउने जोखिम बढेकाले यो सीपको संरक्षण गरी टपरीको प्रयोग कायम गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ र नेपाल पर्यटन बोर्डको सहकार्यमा ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा मङ्गलबारदेखि सुरु भएको औद्योगिक, कृषि तथा पर्यटन मेलामा प्रतियोगिता आयोजना गरिएको हो ।

विभिन्न समूह तथा सङ्घ संस्थाले टपरीको विकल्पमा प्लास्टिकका थाललगायतका सामग्री प्रयोग बढाएसँगै टपरीको प्रयोग हराउन थालेको छ । तर अहिले पनि पूजापाठ जस्ता कार्यमा भने टपरीको प्रयोग भइरहेको छ ।

टपरी बुन्ने सीप जोगाउने उद्देश्यले प्रतियोगिता नै गर्नुपरेको आयोजकको भनाइ छ । मेलाको तेस्रो दिन आज टपरी गाँस्ने प्रतियोगिताको आयोजना गरिएको हो । टपरी गाँस्ने प्रतियोगितामा ५० जना सहभागी थिए । प्रतियोगितामा दुईजना पुरुष र बाँकी महिलाको सहभागिता रहेको नेपाल घरेलु तथा साना उद्योग महासङ्घका सचिव हर्कराज गुरुङले बताए ।

टपरी सालको पातलाई बाँसको सिन्काले गाँसेर तयार गरिने थाली जस्तो एक भाँडो हो । यो विभिन्न आकारमा तयार गर्न सकिन्छ । टपरीको प्रयोग प्रायःविवाह, व्रतबन्ध, न्वारनलगायतका काममा प्रयोग हुन्छन् । विवाहमा बरनीको लागि तयार गरिने टपरी तीन हात ब्याससम्मको ठूलो हुन्छ । रासस

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com