Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

नक्कली कागजातसहितका तीन वटा मोटरसाइकल बरामद

चैत्र,२२ काठमाडौं । नक्कली कागजातसहितका तीन वटा मोटरसाइकलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाको टोलीले तीन वटा मोटरसाइकलसहित झापाको हल्दीबारी गाउँपालिका–१ का ४४ वर्षीय जगतबहादुर लिम्बूलाई पक्राउ गरेको हो।
नक्कली ब्लुबुक बनाइ मोटरसाइकल बिक्री वितरण गर्ने गरेको सूचनाका आधारमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

नक्कली कागजात बनाएका बागमती प्रदेश ०२–०३८ प ३१६३ नम्बरको केटीएम डुक मोटरसाइकल र त्यसको ब्लुबुक, बागमती प्रवेश ०२–०३६ प १६५३ नम्बरको केटीएम डुक मोटरसाइकल र त्यसको ब्लुबुक र बागमती प्रदेश ०२–०३५ प १६६६ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल र त्यसको ब्लुबक बरामद गरिएको झापाका एसपी दुर्गाराज रेग्मीले जानकारी दिए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com