Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

कालीगण्डकी नदीमा थपिँदै लामो झोलुङ्गे पुल

बाग्लुङ – लामा र अग्ला झोलुङ्गे पुलको जिल्लाका रूपमा परिचित बाग्लुङ र पर्वत जिल्ला जोड्ने गरी कालीगण्डकी नदीमाथि अर्को झोलुङ्गे पुल थपिने भएको छ ।

बाग्लुङबाट पर्वत जोड्ने ५ सय २३ मिटर लामो झोलुङ्गे पुल निर्माण थालिएको छ । बाग्लुङ नगरपालिका–४ उपल्लाचौर गौरीधामबाट पर्वत जिल्लाको जलजला गाउँपालिका–८ ओडारे जोड्ने ५ सय २३ मिटर लामो झोलुङ्गे पुल निर्माण सुरु गरिएको हो । यो पुल सात करोड रुपैयाँ लागतमा निर्माण हुनेछ ।

दुई वर्षमा निर्माण सक्ने गरी सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाण्डौसँग हिमशिखर कन्ट्रक्शन निर्माण कम्पनीबीच सम्झौता भएर काम अगाडि बढेको छ ।

बाग्लुङ–१ रामरेखाबाट पर्वतको कुश्मा–१ अदुवाबारी जोड्ने ५ सय ६७ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको दुई वर्षपछि पुनः बाग्लुङ र पर्वत जोड्ने अर्को लामो झोलुङ्गे पुल निर्माण थालिएको हो । पुल विश्वकै एकल स्पानमध्ये लामो भएको बाग्लुङ नगरपालिकाले विश्व रेकर्डका लागि निवेदन समेत दिएको छ ।

बाग्लुङको गौरीधामबाट पर्वतको जलजलामा रहेको ओडारे जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण गर्न थालिएको पुल निर्माणको बाग्लुङतर्फबाट जग खन्ने कार्यको थालनी गरिएको हो ।

बाग्लुङ नगरपालिका–४ का वडाध्यक्ष कुमारविक्रम क्षेत्रीले बाग्लुङ बजारलाई पर्वतको जलजला गाउँपालिकासँग जोड्दा बाग्लुङ बजारको व्यापार–व्यवसाय बढ्ने र जलजलावासी घण्टौँ लगाएर बाग्लुङ बजार आउनुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com