Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

सूर्य चुनाव चिह्नलाई साझा बनाएर स्थानीय तह निर्वाचनमा जान सक्ने : कमल थापा

काठमाडौँ २५ चैत । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सूर्य चुनाव चिह्नलाई साझा बनाएर स्थानीय तह निर्वाचनमा जान सक्ने सम्भावना रहेको बताएका छन् । पार्टीको स्थानीय तह निर्वाचन घोषणापत्र र चुनाव चिह्न सार्वजनिक गर्नका लागि आज चाबहिलमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले नेकपा एमालेसँग तालमेल हुने सम्भावना रहेको बताएका छन् ।

एमालेसँग स्थानीय तहमा तालमेल हुने सम्भावना छ, छलफल चलिरहेको छ । सूर्य चिह्नलाई साझा बनाएर चुनावमा जान सकिन्छ, थापाले भने अवस्था हेरेर अरु दलहरुसँग सहकार्य हुनसक्छ ।

तर केन्द्रीय सदस्य भूपेन्द्रप्रसाद पोखरेलले तालमेल गरेर पनि चुनाव चिह्न राप्रपाकै तीर लाई प्रचारप्रसारमा लैजानु पर्ने आवश्यक रहेकोमा जोड दिए । उनले भने, राप्रपा नेपाल पहिलोपटक तीर चुनाव चिह्न लिएर निर्वाचनमा जान लागेकोले हुँदा यसैलाई प्रचार गर्नुपर्छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com