Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

मापसे गरेर स्कुल बस चलाउने ५ जना चालक कारबाहीमा

साउन,१५ काठमाडौं । ट्राफिक नियम पालना नगर्ने १६ वटा स्कुल बसका चालक कारबाहीमा परेका छन् ।
स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई ८ साउनदेखि कारबाही तथा सचेतना अभियान थालिएको हो ।

अभियानलाई निरन्तरता दिने क्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजमात्रै विभिन्न स्कुलका १६ वटा बसलाई कारबाही गरेको हो ।

१६ मध्ये पाँचवटा बसका चालक मादक पदार्थ सेवन (मापसे) गरेर कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

चेकजाँचका क्रममा मापसे गरेको पाइएपछि उनीहरूलाई नियन्त्रणमा नियन्त्रणमा लिएर कारबाही गरिएको प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com