Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

दुबईमा काम गर्ने नेपाली युवालाई ३५ करोडको चिट्ठा

काठमाण्डौ – दुबईमा काम गर्ने नेपालका एक युवाले एक करोड दिराम अर्थात झण्डै ३५ करोड नेपाली रुपैयाँ बराबरको चिट्ठा जितेका छन् ।
केही वर्षदेखि दुबईमा बसेर कार सफा गर्ने काम गर्दै आएका गुल्मीका ३१ वर्षीय भरत विश्वकर्माले यूएईको चर्चित मजुज चिट्ठामा १ करोड दिराम जित्नुभएको हो ।

यो चिट्ठा जित्ने भरत पहिलो नेपाली रहेका गल्फ न्युजले जनाएको छ । उहाँले त्यहाँ मासिक १३ सय रुपैयाँ दिराम आम्दानी गर्नुहुन्छ । विश्वकर्मा सबैभन्दा कम कमाउने विजेतामध्येका एक रहेका पनि गल्फ न्युजले जनाएको छ ।

भरतले चिट्ठाबाट प्राप्त पैसाले ऋण तिर्ने र परिवारका लागि राम्रो बन्दोबस्तीको व्यवस्था गर्ने प्रतिक्रिया दिनुभएको छ । यूएईको दी नेशनल न्युजसँगको कुराकानीमा भरतले चिट्ठा जिते पनि कार धुने काम नछाड्ने बताउनुभएको छ। एजेन्सी

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com