Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

रोल्पाबाट दाङको लागि छुटेको बस दुर्घटना, १५ घाइते

साउन २३ काठमाडौँ । रोल्पाबाट दाङको घोराहीका लागि छुटेको बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

मंगलबार दिउँसो रोल्पाको बागमाराबाट घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस त्रिवेणी गाउँपालिका(७ मा दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाइते भएका १५ जनामध्ये ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी प्रमुख डीएसपी श्याम सारू मगरले जानकारी दिए । उनका अनुसार घाइतेहरूको स्थानीय मेडिकल र स्वास्थ्य चौकीमा उपचारका लागि पठाइएको छ ।

बस सडकभन्दा १०० मिटर तल खसेको प्रहरीले जनाएको छ । बस चालक भने फरार रहेको र उनको खोजी भइरहेको डीएसपी मगरले बताए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com