Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

ट्र्याक्टर दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु

email sharing button
sharethis sharing button

जुम्लामा शुक्रबार ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा जिल्लाको तिला गाउँपालिका–५ स्थित चुलाकोट गाउँका १६ वर्षीय विकास सुनार रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए।

सुनारको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

प्रहरीका अनुसार शुक्रबार दिउँसो २ बजेतिर जुम्लाको तातोपानी गाउँपालिका–६ चिमलडाँडाबाट ढुंगा बोकेर रावतवाडा जाँदै गरेको लु ४ त ७९४८ नम्बरको ट्र्याक्टर अनियन्त्रित हुँदा दुर्घटना भएको हो।

ट्र्याक्टर सडकभन्दा ५० मिटर तल खसेको छ।

सुनार ट्र्याक्टरमा सवार थिए।

दुर्घटनापश्चात फरार चालकको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।रासस

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com