Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

डेङ्गी सङ्क्रमणबाट नेपालगञ्जम दुई जनाको मृत्यु

भदौ,२२ काठमाडौं । बाँके – डेङ्गी सङ्क्रमणका कारण बाँकेमा दुई जनाको ज्यान गएको छ । डेङ्गी सङ्क्रमणपछि भेरी अस्पताल नेपालगञ्जमा उपचार गराइरहेका दुई जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा ८६ वर्षका पुरुष र १२ वर्षकी बालिका रहेका छन् ।

डेङ्गीका कारण यसअघि कैलाली र ललितपुरमा पनि एक–एक जनाको ज्यान गएको थियो । प्रकोपका रूपमा फैलिएको डेङ्गी सङ्क्रमण ७५ वटा जिल्लामा फैलिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म ७५ जिल्लामा गरी ६ हजार सात सय सात जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको स्वास्थ्य विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । सबैभन्दा बढी ललितपुरमा दुई हजार चार सय ७९ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । डेङ्गीबाट बढी प्रभावित हुनेमा काठमाण्डौ उपत्यकाका तीन जिल्लासहित धादिङ, मकवानपुर, रुपन्देही, तेह्रथुम, सिन्धुली, काभ्रे र गुल्मी छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com