Yeti Khabar

२०८१ बैशाख २४, सोमबार - Mon May, 2024 -

कोशी प्रदेश सरकार छाड्ने माओवादीको निर्णय

जेठ,२३ काठमाडौं । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। आज विराटनगरमा वसेको माओवादी कैन्द्र प्रदेश पदाधिकारीको बैठक र कोशी प्रदेश संसदीय दलको बैठकले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

माओवादी केन्द्रका सांसद गणेश उप्रेतिले आज बसेको प्रदेश पदाधिकारीको बैठकको निर्देशन अनुसार प्रदेश संसदीय दलको बैठकले हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको बताए।

संसदीय दलको बैठकले गरेको निर्णय आज बस्ने प्रदेशसभा बैठकमा जानकारी गराइले उप्रेतिले बताए। यसअघि सोमबार बसेको माओवादी केन्द्र संसखदीय दलको बैठकले माओवादीको नेतृत्वमा सरका गठनका लागि पहल गर्न संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोको नेतृत्वमा समिति गठन गरेको थियो। माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि कोशी प्रदेश सरकार अल्पमतमा परेको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com