Yeti Khabar

२०८० चैत्र ६, मंगलवार - Tue Mar, 2024 -

निकुञ्ज क्षेत्रमा वृद्धको शव फेला, गैँडाले आक्रमण गरेको अनुमान

चितवनको माडी नगरपालिका–३ का एक वृद्ध निकुञ्जको मध्यवर्ती क्षेत्रमा मृत अवस्थामा भेटिएका छन्।
७५ वर्षीय झगरु महतो मृत अवस्थामा भेटिएका हुन्।

आइतबार साँझ ६ बजे सिमलचौर क्षेत्रमा महतोको शव भेटिएको थियो।
शव भेटिएको क्षेत्रमा गैँडाको पाइला देखिएकाले गैँडाको आक्रमणबाट निजको मृत्यु भएको अनुमान गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए।
वडा नम्बर ३ बोटेसिमाराका उनी डुल्ने क्रममा गैँडाले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ। रासस

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com