Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

एकीकृत समाजवादीले माघमा महाधिवेशन गर्ने

भदौ,८ काठमाण्डौ । एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले आउँदो माघ १४ देखि १८ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ । भदौ ५ गते शुरु भएर हिजो सकिएको बैठकले महाधिवेशन अगाडि नै युवा लक्षित कार्यक्रम सञ्चालन गर्ने पनि निर्णय गरेको छ । बैठकले यही भदौभित्र सबै जनवर्गीय सङ्गठनका अधिवेशन सम्पन्न गर्ने र असोजमा मेची महाकाली राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गर्नुभएको राजनीतिक र महासचिव घनश्याम भुसालले पेस गर्नुभएको साङ्गठनिक प्रतिवेदन परिमार्जनसहित पारित गरिएको छ । ती प्रतिवेदनमा एक सय ३१ नेताले आ–आफ्नो धारणा राख्नुभएको पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनुभयो ।

अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदनमा एमालेसँग अलग हुनुको औचित्य, अन्तर्राष्ट्रिय तथा भूराजनीतिक परिस्थिति, विद्यमान राजनीतिक अवस्थालगायत चर्चा गरिएको खतिवडाले बताउनुभयो । बैठकमा नेता झलनाथ खनालले राजनीतिक प्रतिवेदनमा असन्तुष्टि जनाउँदै फरक मतसहित जबजको चरण समाप्त भएको विचार व्यक्त गर्नुभयो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com