Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

बैतडीमा विद्युतीय राहदानी सेवा सुरु

जिल्ला प्रशासन कार्यालय बैतडीले पहिलोपटक विद्युतीय राहदानी ई–पासपोर्ट सेवा सुरु गरेको छ । एमआरपी राहदानी विस्थापित गरेर विद्युतीय राहदानी सुरु गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

ई–पासपोर्ट सेवा जिल्लामै सुरु भएपछि धेरै समय पर्खिनुपर्ने र राहदानी बनाउन काठमाण्डौं जानुपर्ने यहाँका नागरिकको बाध्यता हटेको हो । अब वैदेशिक रोजगारीमा जानेले जिल्ला प्रशासन कार्यालयमा तीन हप्ताभित्र राहदानी पाउने र विद्युतीय राहदानी ई–पासपोर्ट बनाउनेले रु पाँच हजार शुल्क तिर्नुपर्ने छ ।

यस्तै विद्युतीय राहदानी ई–पासपोर्टका लागि घरबाटै पनि फर्म भर्न सकिने जनाइएको छ । राहदानी बनाउन तीन महिना लाग्ने गरेकामा अब भने तीन हप्तामै जिल्लामा राहदानी आइपुग्ने भएको हो । यहाँबाट काठमाडौं गएर राहदानी बनाउनुपर्दा जिल्लावासीलाई निकै अप्ठ्यारो र सारै खर्चिलो हुने गरेकामा अब राहत मिलेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यहाँ गत मङ्सिर २ गतेदेखि एमआरपी राहदानी बनाउन बन्द गरिएको थियो । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com