Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

जापानमा बलात्कार सम्बन्धी कानुन परिमार्जन : सहमतिमा यौन सम्बन्ध राख्ने उमेर बढाएर १६ वर्ष कायम

जापानले बलात्कारसम्बन्धी परिभाषा परिवर्तन गर्दै सहमतिमा यौन सम्बन्धको उमेर हद बढाएको छ । कानुनी रुपमा यौन सम्बन्धका लागि सहमतिको उमेर १३ वर्षबाट बढाएर १६ वर्ष पुर्‍याइएको बीबीसीले जनाएको छ । यसअघि सन् १९०७ मा कानुन बनेपछि सहमतिको उमेर १३ वर्ष कायम गरिएको थियो । 

जापानको संसद्को माथिल्लो सदनले हिजो नयाँ कानुन पारित गरेको हो । यसका साथै बलात्कारसम्बन्धी उजुरी दर्ता गर्ने समयावधि पनि १० वर्षबाट १५ वर्ष पुर्याइएको छ । अर्थात् अपराध भएको १५ वर्षपछि पनि पीडितले उजुरी दर्ता गर्न सक्नेछन् । रिपोर्ट अनुसार सन् २०२२ मा जापानमा १ लाख ७ हजार बलात्कारका घटना दर्ता भएका थिए । एजेन्सी
 

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com