Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

चैत्र, ८ काठमाडौं । पूर्वी नवलपरासीमा गएराति भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा मध्यबिन्दु नगरपालिका– ११ का ३० वर्षीय अनिल विक रहेका छन् ।

हिजो राति एक बजेतिर मध्यविन्दु नगरपालिका– ११ दमारचोकस्थित भित्री सडकखण्डमा दमारबाट तमासपुरतर्फ आउँदै गरेको लु। ७६प १६२१ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।

नवलपुर प्रहरीका अनुसार चालकले नियन्त्रण गुमाई दुर्घटना हुँदा मोटरसाइकलपछाडि बसेका विक गम्भीर घाइते भएका थिए । उनको मध्यविन्दु अस्पतालमा उपचारको क्रममा गएराति नै मृत्यु भएको हो । मोटरसाइकलचालक मध्यविन्दु– ११ का २८ वर्षीय कृष्णबहादुर विक र मोटरसाइकलमै बसेका २५ वर्षीय अझै ठकुरी घाइते भएका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com