Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

ट्याक्टर पल्टदाँ ट्याक्टरमा सवार एक जनाको मृत्यु

कार्तिक,१९ काठमाडौं । उमाकुण्ड गाउँपालिका–५ को प्रितीमा ट्याक्टर पल्टदाँ ट्याक्टरमा सवार एक जनाको ज्यान गएको छ ।
लिखुको बेनीमेलामा गएर फर्किदै गरेको लु ३ त २४९९ नम्बरको ट्याक्टर साविकको प्रिती गाविसको संसारीडाँडा भन्ने ठाउँमा पल्टिँदा स्थानीय प्रेमबहादुर सुनुवारको घटनास्थलमै ज्यान गएको प्रहरीले बताएको छ ।

घटनामा अन्य तीन जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले बताउनु भयो ।

घाइतेमध्ये दुई जना स्थानीय प्राथामिक अस्पतालमा सामान्य उपचारपछि घर फर्किएका छन् । यस्तै गम्भीर घाइते भएका व्यक्तिलाई उपचारको लागि काठमाण्डौ पठाउने तयारी भैरहेको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com