आगामि स्थानिय निवार्चनमा गठबन्धन आवश्यक प्रधानमन्त्री देउवा

आगामी निर्वाचनमा राजनीतिक दलहरूसँग गठबन्धन गरी निर्वाचनमा जाने वा नजाने विषयमा केन्द्रीय समितिमा छलफल चलिरहँदा कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला शनिबार एउटै मञ्चमा देखिए।
बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको १४ औं वार्षिक साधारणसभामा देउवा र कोइराला एउटै मञ्चमा देखिएका थिए।
मन्तव्य राख्ने क्रममा प्रधानमन्त्री देउवाले गठबन्धन गर्न आवश्यक रहेको बताए भने कोइरालाले गठबन्धन गर्दागर्दै छिमेकी मुलुक भारतको कांग्रेस आईको अवस्था चारैतिर कमजोर भएको अवस्था सुनाए।
Facebook Comment