Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

तिलगंगामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कार्तिक,१५ काठमाडौं । काठमाडौंको तिलगंगामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
काठमाडौं महानगरपालिका-८ तिलगंगास्थित सडकमा बा.४ ख ९३९६ नम्बरको बसले बा.९२ प ३१२० नम्बरको मोटरसाइकललाई आज दिउँसो ठक्कर दिएको हो।

बसको ठक्करबाट मोटरसाइकल चालक स्याङ्जा घर भई काठमाडौं नयाँ बानेश्वर बुद्धनगर बस्ने ३० वर्षीय माधव पाण्डेको मृत्यु भएको प्रहरीले बताएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार रामेछाप घर भई काठमाडौं लैनचौर बस्ने २६ वर्षीया गंगा मगरको सोही अस्पतालम उपचार भइरहेको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com