Yeti Khabar

२०८१ जेष्ठ १०, बिहीबार - Thu May, 2024 -

एमाले संसदीय दलको बैठक जारी

२ जेठ, काठमाडौं । सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्न नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । संघीय संसद भवनको ल्होत्से हलमा आज दिउँसो सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सांसदहरुलाई सम्बोधन गर्नेछन् ।

सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले हिजो संघीय संसदको संयुक्त बैठकमा पेश गरेका छन् । उक्त नीति तथा कार्यक्रममाथि ६ दिनसम्म छलफल गरेर ९ जेठमा पारित गर्ने गरी संघीय संसद सचिवालयले सम्भावित कार्यसूची तय गरेको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com